३२ श्रावण २०७३, मंगलवार

म्याग्दीको पर्यटकीय गाउँ बेगखोला गाविसमा नेपालकै अग्लो झोलुङ्गे पुल निर्माण हुने भएको छ । बेग गाँउबाट बाँदुग जोड्ने झोलुङ्गे पुलको स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेलले सोमवार शिलन्यास गर्नुभएको छ । पुलको निर्माणपछि गाविसबाट प्राप्त हुने शिक्षा, स्वास्थ्य सहितका सेवासुविधा प्रयोग गर्न करिव ३ घण्टाको पैदलयात्रा गरेर बेग आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । साथै आसपासका गाविसका बासिन्दा समेत लाभान्वित हुने पुल निर्माण समितिका अध्यक्ष नेत्रबहादुर पुनले बताउनुभयो । पुल बनेपछि म्याग्दी जिल्लाभित्र प्रवेश गर्ने तथा मुस्ताङ जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत आकर्षित गर्न सकिने स्थानीयको भनाई छ । जिल्लामा स्थानीय विकास अधिकारीको जिम्मेबारी लिएर आएलगत्तै जिल्लाको पहिचानलाई झोलुङ्गे पुलसंग जोड्ने प्रयास गरेर मन्त्रालय सहित विभिन्न निकायमा पहल गरेका स्थानीय विकास अधिकारी पौडेलले आफ्नो योजना पुरा भएको बताउँनुभयो ।

LIVE TV