३२ श्रावण २०७३, मंगलवार

प्रधानमन्त्री पुष्पकमल दाहालले सहिद तथा बेपत्ता परिवारप्रति राज्यको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ । उहाँले माओवादी युद्ध र त्यसका प्रभावितहरुप्रति आफु अलि बढि नै संवेदनशील भएको पनि बताउनुभयो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सहिद तथा बेपत्ताका परिवारसंगको भेटमा प्रधानमन्त्री दाहालले सहिद तथा बेपत्ता परिवारलाई राहत दिने एवं शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा राज्यबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय गरेको स्मरण गराउँदै दाहालले दोस्रो पटक प्रधानमन्त्री भएपछि बाँकी ५ लाख दिने निर्णय गरेको समेत स्पष्ट पार्नुभयो ।

LIVE TV