३१ श्रावण २०७३, सोमबार

काभ्रे बस दुर्घटनामा हाम फालेर बाँच्न सफल ज्वारलाल तामाङ  दुर्घटनाको क्षण यसरी सुनाए  !

काठमाडौंबाट काभ्रेको कोशीपारी कात्तिके देउराली जाँदै गरेको बा२ख १०६ नम्बरको उक्त बसमा यात्रारत थिए मादनकुडारी–१ का ज्वारलाल तामाङ । दुर्घटनामा ठूलो मानविय क्षति हुँदा उनी बाँच्न सफल भए ।छतमा यात्रारत उनले बस एकाएक भीरबाट खस्न लागेपछि हाम्फाल्न भ्याउँदा बाँच्न सफल भए काभ्रेको मादनकुडारी–१ मा पर्छ ।

कामको सिलसिलामा केहि वर्षयता काठमाडौंमा बस्दै आएको छु । घरमा काम भएकाले बिहानै भाई बुहारी र भतिजासहित पुरानो बसपार्कमा गाडी चढेर यता लागेको हुँ । बिहान ६ बजे बसपार्कबाट कोशीपारीको देउरालीको लागि छुटेको बसमा बसपार्कबाट छुटुन्जेल धेरै यात्रु थिइनन् । बीचबाटोमा मान्छे थपिँदै जाँदा बसभित्र पूरै खचाखच मान्छे थिए । निकै भीडभाड हुँदा बसमा खपिनसक्नुको गर्मी भएपछि शितल हुने भएर म भतिजोलाई लिएर छतमा गए ।

म जानुअघि नै छतमा ८–१० जना गइसकेका रहेछन् । पछि थपिने क्रम जारी रह्यो । अप्ठ्यारो बाटोमा बस ओभर लोड भइसकेको थियो भने निकै विस्तारै बस हाकिएको थियो ।जब बस काभ्रेको कोशीपारी पर्ने बिर्ता देउरालीको उकालो चढ्दै थियो–बसलाई उकालो चढ्नै मुस्किल परिरहेको थियो । एक नम्बर गेयरमा चलाइएको बस उकालोको बीचतिर पुग्दै लाग्दा एकाएक ‘ब्याक’ ९पछाडि० हट्यो । त्यहीबीचमा ड्राइभरले सहचालकलाई पछाडिको चक्कामा ढुंगा हालेर अड्याउन भनेपछि हतारहतार सहचालकले ढुंगा त हाले तर त्यसले थेग्न नसकेपछि बस भीरतर्फ मोडियो ।

बस खस्न लागेको थाहा पाएपछि म छतबाट हामफालेर बाँच्न सफल भएँ । भतिजो पनि हामफालेछ । उ घाइते भएको छ । तर बसभित्र भाइबुहारी पनि थिइन् । उनको अवस्था अहिलेसम्म थाहा पाउन सकेको छैन। बस डाँडामा पुग्नै लाग्दा भीरबाट करीब ४ सय मिटर तल पुगेको छ । २० जनाजतिको लाश मैले नै देखेको छु । बुहारीलाई भेटेको छैन, खोजिरहेको छु ।

LIVE TV