३१ श्रावण २०७३, सोमबार

koshipari

काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा कम्तिमा २५ को मृत्यु भएकोछ । दुर्घटनामा घाइते भएका ३ दर्जनको अबस्था गभ्भिर रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए ।

प्रहरी नेपाली सेना र स्थानियले भिरबाट घाइतेहरुलाई उद्धार गरी सडकमा ल्याइरहेका पजिअ पन्थीले बताए ।घाइतेलार्इ थप उपचारका लागि काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर मगाइएको प्रजिअ पन्थीले जानकारी दिएका छन् । गम्भीर घाइतेलार्इ हेलिकप्टरबाट काठमाडौं ल्याइने छ ।

घाइतेहरूलार्इ अस्पताल लैजान ५ वटा एम्बुलेन्स घटनास्थलमा पुगेका छन् । एम्बुलेन्सबाट तुलनात्मक रूपमा कम घाइतेलार्इ नजिकैको अस्पतालमा लगिनेछ ।घटना दिउँसो एक बजेतिर भए पनि झण्डै एक घण्टापछि मात्रै प्रहरी टोली आइपुगेकोस्थानियले बताए ।

घाइतेहरुलाई छिटो उपचारका लागि अस्पतालसम्म पुर्‍याउन हेलिकोप्टर आवश्यक परेको स्थानीयले बताएका छन् ।स्थानीयले हेलिकोप्टर आउने आशमा घटनास्थल नजिक हेलिप्याड निर्माण गरेका छन् ।

 

LIVE TV