३१ श्रावण २०७३, सोमबार

स्वतन्त्रता दिवसको अबसर पारेर काश्मिरमा हिंसा भड्किएको पनि बताइएको छ । भारत प्रशासित काश्मिरमा हतियारधारीले गोली हानी दश जनालाई गम्भीर रुपमा घाइते बनाएका छन् ।

iafimage

काश्मिरमा प्रहरीले कफ्र्यू आदेश जारी गरेको छ । सो कफ्र्यू उल्लङ्घन गर्न खोज्नेलाई कारबाही गर्ने क्रममा अज्ञात बन्दुकधारीले अकस्मात सुरक्षाकर्मीमाथि नै गोली प्रहार गरेका थिए ।

सो गोली लागेर भारतीय अर्धसैन्य बलका दश जना सदस्य नराम्ररी घाइते भएका समाचारमा जनाइएको छ ।
सो क्षेत्रमा सोमबार बिहानैदेखि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । त्यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था राखिएको प्राप्त समाचारमा जनाइएको छ ।रासस÷सिन्ह्वा

LIVE TV