३१ श्रावण २०७३, सोमबार

नेपालस्थित भारतीय राजदुतावासले ७० औं स्वतन्त्रता दिवस मनाएको छ । दुतावासले ७० औं स्वतन्त्रता दिवसका अबसरमा दुतावास परिसरमा रहेको झण्डोत्तोलन तथा विशेष कार्यक्रम आयोजना गरेको हो ।
स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि भारतीय राजदुत रञ्जित रेले भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ । उहाँले भारत संमृद्धि र द्विदेशीय हितमा प्रतिवद्ध रहेको बताउँदै आउँदा दिनमा २ देश विचको सम्बन्ध अझै मजबुद हुने बताउनुभयो ।
भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारले नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र नाफा कमाउने उद्देश्य नभएका परोपकारी संस्थालाई चारवटा बस उपहारस्वरुप प्रदान गरेको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूतले सम्बन्धित जिल्ला विकास समिति र परोपकारी संस्थाका प्रतिनिधिलाई एम्बुलेन्स र बसको साँचो हस्तान्तरण गर्ने गर्नुभएको थियो ।

LIVE TV