३१ श्रावण २०७३, सोमबार

सर्वोच्च अदालतमा म्याग्दीको खोप्रा लेकमा चौँरी गाईको रगत पिउने मेला रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ता अच्युतप्रसाद खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई रिट दायर गर्नुभएको हो ।


खरेलले दायर गरेको रिट निवेदनमा नेपालको कानुनमा चौँरी गाई मार्ने, अङ्गभङ्ग गर्ने कार्य दण्डनीय अपराध मानेको हुँदा मेला रोक्न आदेशको माग गरिएको छ । मेलामा जिउँदो चौँरी गाईको जीउबाट निकालिएको तातोतातो रगत पिउने गरिएको र मेला कुनै प्रथा र परम्पराका रुपमा नभइकन म्याग्दीको सिख गाविसमा रहेको पाउद्धार मावि र राम्चे गाविसमा रहेको हिमाञ्चल उच्च माविमा सञ्चालन आर्थिक सङ्कलन गर्ने गरिएको रिट निवेदनमा उल्लेख छ ।
विसं २०५३ देखि हरेक वर्ष चौँरीको रगत पिउने मेला लाग्ने गरेको र चौँरी गाईलाई चारैखुट्टा बाँधेर लडाई घाँटीमा प्वाल पारी उसको शरीरबाट २५/३० गिलास रगत निकालेर पिउनेको भीड लाग्ने गरेको छ ।

LIVE TV