३१ श्रावण २०७३, सोमबार

साउन महिनाको अन्तिम सोमबार आज पशुपति लगायत शिव मन्दिरमा दर्शनर्थीको घुईंचो लागेको छ । साउने सोमबारमा शिव भक्तले व्रत बसी पूजा अर्चना गरी विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

pashupati
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि पूजा गर्ने र बोलबम मेला भर्नेको भीड लागेको छ । साउन महिनाको सोमबार शिवको पूजा अर्चनाका लागि पवित्र महिना मानिन्छ । ०००

LIVE TV