३० श्रावण २०७३, आईतवार

आपूर्ति मन्त्री दीपक बोहराले कालोबजारी, महंगी र बजार अनुगमनको कार्यलाई निरुत्साहित गर्ने मनसाय राख्ने उद्योगी व्यवसायीलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले बजार अनुगमन चुस्त नभएको भन्दै महंगी नियन्त्रणका लागि सबैलाई एकजुट हुन आग्रह गर्नुभयो ।


मन्त्री दीपक बोहराले महंगी, कालोबजारी रोक्न अनुगमन गर्ने विषयमा बसेको सरोकारवालाहरुको बैठकमा नकाबन्दी जस्तो पीडाको समयमा बढेको हरेक सामानको मूल्य हालसम्म पनि यथावत रहेको र बजारमा नाकाबन्दीमा बढेको भाउ घट्नु भन्दा झन बढिरहेको बताउनुभयो । उहाँले कर्मचारीहरुको अनुगमनमा उचित ध्यान नपुगेको भन्दै सबै कर्मचारीहरुलाई बजार अनुगमन गरेर कालोेबजारी र मूल्य बृद्धिलाई नियन्त्रण गर्नु सबैको दायित्व भएकाले दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।
बैठकमा मन्त्री बोहराले आपूर्ति मन्त्रालयले बजारमा बढेको समस्या र जनता लुटने प्रवृतिको अन्त्य गरेर छाड्ने विश्वास व्यक्त गर्नुभयो ।

LIVE TV