३० श्रावण २०७३, आईतवार

नवनियुक्त सूचना तथा सञ्चार मन्त्री राम कार्कीले सञ्चार माध्यमहरु व्यापक भएकोले यसलाई सन्तुलित र जिम्मेवार बनाउन आवश्यक रहेको बताउनुभएको छ । आइतबार पद तथा गोपनीयताको सपथ लिएपछि ग्रहण गर्दै उहाँले सञ्चार क्षेत्रलाई जिम्मेवार बनाइने बताउनुभयो ।

Ram-Karki
नव नियुक्त सुचना तथा सञ्चार मन्त्री कार्कीले प्रशासनिक संयन्त्र अझै पनि परम्परागत शैलीको भएको हुँदा त्यसलाई समयसापेक्ष परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सञ्चार जगतका नीति नियमहरु समय सान्दर्भिक र सन्तुलित हुनुपर्ने पनि स्पष्ट पार्नुभयो ।
पद भार ग्रहण गर्दै मन्त्री कार्कीले सुचना तथा सञ्चार क्षेत्रमा राजनीतिक पुर्वाग्रह नराखी काम गर्ने प्रत्रिबद्धता समेत व्यक्त गर्नुभयो ।

LIVE TV