३० श्रावण २०७३, आईतवार

नेपालस्थित पाकिस्तानी राजदुतावासले ७० औं स्वतन्त्रता दिवस मनाएको छ । दिवसको अवरमा पाकिस्तान आतंकवाद र अतिवादको विरुद्धमा रहेको भन्दै संमृद्धि र द्विदेशीय हितमा प्रतिवद्ध रहेको जनाएको छ । दुतावासले ७० औं स्वतन्त्रता दिवसमा आइतवार दुतावास परिसरमा रहेको झण्डोत्तोलन तथा विशेष कार्यक्रम आयोजना गरेको थियो । राष्ट्रपति तथा प्रधानमन्त्रीको शुभकामना सन्देश वाचन गर्नुहुर्दै काउन्सलर अमिर अवुजरले पाकिस्तान आतंकवाद र अतिवाद विरुद्धको अभियानमा रहेको उल्लेख गर्नुभयो । उहाँले पाकिस्तान सरकार संवृद्धि र द्वीदेशीय हितप्रति प्रतिवद्ध रहेको जानकारी गराउनुभएको थियो ।

LIVE TV