३० श्रावण २०७३, आईतवार

उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको प्रान्तमा अवस्थित एक विद्यालयमा भएको साउदी अरेबियाआवद्ध हवाइ आक्रमणमा परी १० बालिबालिका मारिएका डाक्टरस् विदाउट बोर्डर्स् ९एमएसएफ०ले आइतबार जानकारी दिएको छ ।

सआदा प्रांन्तको हाइदान इलाकामा अवस्थित कुरान सम्बन्धित अध्यापन गराइने विद्यालयमा भएको सो हवाई आक्रमणमा परेका १५ वर्षभन्दा मुनिका १० मृतक र २८ घाइते बालबालिका फेला परेका एमएसएफका प्रवक्ता मलाक साहेरले बताएका छन् ।

सो आक्रमण शनिबार भएको पनि साहेरले थप जानकारी दिएका छन् । एमएसएफले ती शवहरु र घाइते बालबालिका विद्यालदे खिनजिकै रहेको एक अस्पतालाबाट बुझिलिएको र त्यसपछि ती बालबालिकाको शव र घाइतेलाई सार्वजनिक अस्पतालमा सारिएको साहेरले एएफपी समाचार समितिलाई बताएका छन् ।

इरानको समर्थन रहेको हुथी विद्रोही समूहले कम्बलमा राखिएको रगतले लतपतिएका मृतक बालबालिकाहरुका तस्वीरहरु फेसबुकमा राखेका छन । जोमाआ बिन फादेल विद्यालयमा बालबालिका लक्षित यो आक्रमण अत्यन्त घृणित भएको हुथी समूहका प्रवक्ता मोहमद अब्दुलसलामले बताएको छ ।

संयुक्त राष्ट्र सङ्घीीय बालबालिका निकाय युनिसेफले यस आक्रमणको पुष्टि गर्दै आगामी दिनमा यस्ता आक्रमणहरु हुन नदिन चेताावनीसमेत दिएको छ । यमनमा युद्धरत पार्टीहरुलाई युनिसेफले अन्तर्राष्ट्रिय कानूनभित्र रहि यसका दायित्वलाई सम्मान गनसमेत आग्रह गरेको छ ।

गत वर्षको मार्च महिनाबाट यमनमा जारी साउदी अरेबियाआवद्ध हवाई आक्रमण हवाई आक्रमणमा परी छ हजार चार सय व्यक्तिको मृत्यु भई सकेको र यसमा ठूलो सङ्ख्यामा बालिबालिका रहेका संयुक्त राष्ट्र सङ्घीले बताएको छ । रासस÷एएफपी

LIVE TV