
आठौं डि.सिने अवार्ड पोखरामा सम्मपन्न भएको छ । अवार्ड समारोह सुरुवातमै छायाँ छवि फिल्मकर्मी रजत सम्मान अभिनेत्री करिष्मा मानन्धरलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । फिल्कर्मी सम्मान निर्माता छविराज ओझा र छायाँछवि फिल्म पत्रकारिता पुरस्कारबाट संचारकर्मी नरेश भट्टराई पुरस्कृत भए ।
फिल्म ‘क्लासिक’ बाट उत्कृष्ट अभिनेता आर्यन सिग्देल र सोही फिल्मबाट उत्कृष्ट अभिनेत्री नम्रता श्रेष्ठले अवार्ड हात पोरेका छन् । कार्यक्रममा अभिनेत्री नम्रता उपस्थित नभएका कारण आर्यनले नै नम्रताको अवार्ड लिएका थिए । ‘क्लासिक’बाटै उत्कृष्ट गायकमा युवराज चौलागाई (हारेहारे‘) र सम्पादनमा सुरेन्द्र पौडेलले अवार्ड हात पारे ।
त्यस्तै उत्कृष्ट निर्देशनको अवार्ड ‘पशुपतिप्रसाद’ बाट दीपेन्द्र के खनाललाई, ‘वडा नं ६’ बाट सह(अभिनेता विधामा जीतु नेपाल, चरित्र अभिनेत्रीमा दीपाश्री निरौला, हाँस्य कलाकारमा केदार घिमिरे, संवादमा दीपकराज गिरी, पाश्र्व संगीतमा एलिस कार्की, उत्कृष्ट पटकथामा खगेन्द्र लामिछाने, खलपात्रमा विपिन कार्की, प्रेम गीतबाट नृत्य निर्देशक विधामा रेमेशा राई, गीतकार कृष्णहरि बराल, गायिका अन्जु पन्त, संगीतकार अर्जुन पोखरेलले अवार्ड चुमे ।
त्यस्तै फिल्म ड्रिम्सले ३ विधामा अवार्ड जित्यो । उत्कृष्ट नव(निर्देशकबाट भुवन केसी, नव(अभिनेत्रीमा साम्राज्य राज्यलक्ष्मीदेवी शाह र छायांकनमा पुरुषोत्तम प्रधानरसंजय लामाले अवार्ड पाए । अशिष्मा नकर्मी अर्धकट्टीबाट सह(अभिनेत्री, ‘कबड्डी कबड्डी’ बाट उत्कृष्ट चरित्र अभिनेता पोखरेली माउत्से गुरुङले पाएका थिए । त्यस्तै, नव(अभिनेतामा पल शाह (नाइ नभन्नु लु–४), कथामा सन्तोषकुमार आत्रेय (धौली), द्धन्द्ध निर्देशक हिमाल केसी (भैरव), आइटम डान्समा प्रियंका कार्की (लुटेरा) ले कमश अवार्ड पाए ।
उत्कृष्ट ५ मनोनयनको ८ विधामा परेको ‘फूलै फूलको मौसम तिमीलाई’ ले कुनै पनि अवार्ड हात पार्न सकेन । मोहन निरौला संयोजक रहेको जुरी कमिटीमा पत्रकार विजयरत्न तुलाधर, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सवनम मुखिया सदस्य थिए ।
त्यस्तै, क्रिटिक अवार्डबाट अभिनेत्री केकी अधिकारी (फन्को), अभिनेता सौगात मल्ल (फन्को) र फिल्ममा क्रिटिक अवार्डबाट ‘पशुपतिप्रसाद’ सम्मानित हुँदा मष्ट पलुलर सङ अफ दी इयर ‘सुर्के थैली खै’ (वडा नं.६), जुरी अवार्डबाट फिल्म ‘कबड्डी कबड्डी’, पब्लिक च्वाइस अफ दी अवार्डबाट सुदर्शन थापा (प्रेमगीत), इन्करेज्मेण्ट अवार्डबाट रामेश्वर चौरसिया सम्मानित भए ।
यस्तै, वेष्ट ड्रेस विना घले, वेष्ट एनिमेसन ‘फूलै फूलको मौसम’बाट रमेशमान श्रेष्ठ, वेष्ट स्टारडम अवार्ड निखिल उप्रेती, डायस्पोरा फिल्म अवार्ड रविन आचार्य, फिल्म सम्मान रमेशचन्द्र राई, निर्मल शर्मा, मौलिक फिल्ममा धौलीले अवार्ड पायो ।