२९ श्रावण २०७३, शनिबार

‘नातिनातिनालाई हुर्काउँदै गर्दा आफ्नो परिवारका सदस्यले साहित्यमा प्रगति गरेको देखेर खुसी हुन्थेँ, सानामा आफूले पढ्न नपाएको पीडा भने आफैँभित्र लुकाएर बस्थेँ ।’

uLlt sljtf ;ªu|xsf] ljdf]rg pd]/n] 5 bzs kf/ ul/;Sg'ePsf eLds'df/L l;njfn-ld>L_n] n]Vg'ePsf] ld>L uLlt sljtf ;ªu|xsf] ljdf]rg ub}{ g]kfn k|1f–k|lti7fgsf ;b:o–;lrj k|f8f hLj]Gb|b]j lu/L . tl:a/ M cGhnL /Dt]n, /f;;

दश वर्षको बालक उमेरमा विवाह गरेर घरपरिवारमा नै सीमित हुन पुग्नुभएका थानापति–३ नुवाकोटकी भीमकुमारी सिलवाल ९मिश्री० ले पढ्न नपाएको पीडालाई ६० वर्षको उमेर पार भएपछि गीति कविता सङ्ग्रह प्रकाशन गरी भुल्ने मेसो मिलाउनुभयो ।

दुई वर्षअघि दुई महिना अनौपचारिक शिक्षाअन्तर्गत ‘प्रौढ शिक्षा कक्षा’ लिएको भरमा हाल उहाँले गीति कविता सङ्ग्रह ‘मिश्री’ निकाल्नुभएको छ ।

आज सो कृतिको विमोचन हुँदा उहाँले भन्नुभयो, “विसं २०६९ मा टोलमा प्रौढकक्षा आयो भनेर सबै महिला खुसी भएर पढ्न जान थाले । त्यो थाहा पाएर म पनि भर्ना भएँ तर कक्षा सुरु भएको एक महिनापछि मात्र पढ्न पाएँ । घरको कामले भ्याउँदै भ्याइँदैनथ्यो । तीन महिनाको कक्षा मैले जम्मा दुई महिनामात्र पढ्न पाएँ । फेरि बेलाबेलामा कक्षा पनि छुट्थ्यो ।”

त्यतिबेला लेख्न नजान्दा शिक्षिका स्वयम्ले हातै समाएर आफूलाई लेख्न सिकाएको पनि उहाँले सम्झनुभयो । “एक÷दुई हप्तापछि बल्ल लेख्न जानेँ । केही लेख्न र पढ्न जान्ने भएपछि लेख्न मन लागिहाल्दो रहेछ”– उहाँले भन्नुभयो । कक्षा सकिएपछि पनि उहाँले लेख्न छाड्नुभएन जसको परिणामस्वरुप उहाँले लेखेका कुराले कविताको रुप लिए ।

कवयित्री मिश्रीले भन्नुभयो, “हाम्रो पालामा छोरीलाई पढाउनुपर्छ भन्ने चलन थिएन । घरधन्दामै सीमित भएर जीवनका छ दशक पार भए । घरमा देवर पुण्यप्रसाद सिलवाल कविता लेख्नुहुन्थ्यो । उहाँका कविता सुनेर म धेरै पटक रोएको छु, तर उहाँ कलिलै उमेरमा बित्नुभयो ।”

उहाँका परिवारमा छोरा प्रेमराज सिलवाल र प्रकाश सिलवाल पनि साहित्य क्षेत्रमा नै संलग्न हुनुहुन्छ । प्रकाश सिलवाल पत्रकारिता क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । ‘छोरा मात्र नभई बुहारी यशोदा अधिकारीले समेत महिलालाई विभेदले समस्यामा परेको कविता लेख्ने गरेकी थिइन्’, उहाँले भन्नुभयो, “छोरा बुहारीका कविता सुनेर मलाई पनि लेख्नुपर्छ भन्ने थप हौसला मिलेको थियो ।”

“मैले कविता लेख्न भनेर एउटा कलम माग्दा छोराबुहारी दुईवटा दिन्थे, एउटा कपि मागे चार÷पाँचवटा ल्याइदिन्थे”– उहाँले सुनाउनुभयो, “मैले लेख्छु भनेपछि परिवारका सबैले साथ दिए, त्यसैले आज मैले यो किताब लेख्न सकेँ ।”

विसं २०१० भदौ ३ गते जन्मनुभएका मिश्रीलाई साहित्यिक क्षेत्रमा सक्रिय गराउन पति शिवनाथ सिलवाल ९गोविन्दराम० को साथ र सहयोग सधैँ रहेको उहाँले बताउनुभयो । छोरा प्रकाश सिलवालले आफूले शिक्षासम्बन्धी समाचार लेखनमार्फत साक्षरता अभियानलाई सघाइरहेको सन्दर्भमा आफ्नै आमा सफल उदाहरण हुनुभएकोमा खुसी व्यक्त गर्नुभयो ।

बुहारी यशोदाले भन्नुभयो, “हामीले घरमा कविता वाचन गर्दा आमा जहिल्यै पनि के लेख्दैछौ, सुनौँन भनेर चासो दिनुहुन्थ्यो । उहाँले आफैँले कविता लेख्न थालेपछि हामीलाई असाध्यै खुसी लाग्यो र सङ्ग्रह निकाल्नुपर्छ भनिरहन्थ्यौँ ।”

एक समारोहबीच आज उक्त कविता सङ्ग्रहको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीले विमोचन गर्नुभयो । उहाँले मिश्रीको कृतिमार्फत नेपाली वाङ्मयले महत्वपूर्ण कृति प्राप्त गरेको बताउनुभयो । “उमेरले छ दशक पार गरिसकेपछि उहाँले कृति ल्याएर अरु व्यक्तिलाई समेत प्रेरणा प्रदान गर्नुभएको छ”– उहाँले भन्नुभयो ।

प्रतिष्ठानका प्राज्ञ नर्मदेश्वरी सत्यालले कवि मिश्रीको कविता सङ्ग्रहमा गहिरो चेतनास्तर खारिएको देखिन्छ भन्नुभयो । आफूले पनि उहाँले जस्तै अलि बढी उमेर भएपछि नै अध्ययन सुरु गरेको सुनाउँदै आत्मविश्वास भए आफूले चाहेको कुरा पूरा गर्न उमेरले कहिल्यै नछेक्ने बताउनुभयो ।

साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मा, पाठ्यक्रम विकास केन्द्रका निर्देशक बाबुराम पौडेललगायतले उहाँको साहित्यिक यात्रालाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । रासस

LIVE TV