२९ श्रावण २०७३, शनिबार

थाइल्याण्डमा गत बिहीबार राति र शुक्रबार बिहान यहाँका विभिन्न पर्यटकीय नगरहरुमा शृंखलाबद्ध आक्रमण गरिएपछि तनाव उत्पन्न भएको छ ।

समाचारअनुसार थाइल्याण्डका बिभिन्न पर्यटकीय नगरहरुमा भएका ती आतङ्कवादी हमलाबाट चार जनाको ज्यान गएको छ भने अरु ३० जनाभन्दा बढी घाइते भएका छन् ।उक्त हमलामा परी घाइते हुनेमा विदेशी पर्यटक पनि परेका छन् । पर्यटन नै मुख्य उद्योग रहेको थाइल्याण्डमा यस्तो हिंसात्मक हमलाका कारण देशव्यापी रुपमा तनाव उत्पन्न भएको बताइएको छ ।

थाइल्याण्डमा बिहीबार राति र शुक्रबार बिहानसम्म कम्तीमा पनि ११ स्थानमा बम हमला भएको थियो । आक्रमण प्राय द्वन्द्वग्रस्त मानिएको दक्षिणी प्रान्तमा बढी भएको थियो ।तर ती आक्रमणहरु आतङ्ककारी आक्रमण भने नभएको प्रहरीको भनाई छ । कतिपय समाचारमा थाइल्याण्डमा पनि आइएसको हमला भएको भनी समाचार आएपछि प्रहरीले सो धारण राखेको हो ।

थाई प्रहरी प्रवक्ता पियापान पिंगमुगले थाइल्याण्डमा यस्तो आतङ्कवादी हमला नभएर घरायसी अतिवादीहरुले गराएका बताएको हो ।शनिबार प्राप्त समाचारअनुसार थाइल्याण्डका दक्षिणी प्रान्तहरुमा पछिल्ला वर्षहरुमा हिंसात्मक क्रियाकलापहरु हुने गरेका स्थानमा प्रहरीले व्यापक मात्रामा खोजी अभियान सुरु गरेको छ ।

ती क्षेत्रहरुमा शुक्रबार बिहानैदेखि कडा सुरक्षा व्यवस्था अपनाइएको छ । स्थानीय सञ्चारमाध्यमहरुले आतङ्कवादी हमला भएको जनाएका छन् ।यस्तो प्रकारको हमला आतङ्कवादी भएको भनी प्रचार भएकोले यसका कारण थाइल्याण्डको पर्यटकीय उद्योगमा असर पर्ने भन्दै प्रहरीले ती आक्रमणकारीको खोजी व्यापक मात्रामा गरिहेको बताइएको छ । रासस÷एएफपी

LIVE TV