२९ श्रावण २०७३, शनिबार

यस साताको नेप्से परिसूचक साता भर नै उतारचढावमा रह्यो । साताको पहिलो दिन १०दशमलव १५ अंकले बढेर अन्तिम दिन १७ सय ७४ दशमलव ८७ अंकमा पुगेको थियो ।

index
यस साता नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३१ ह्जार ४०२ कारोबारबाट छ अर्ब ५ करोड छ लाख ७४ हजार रुपैयाँ बराबरको एक करोड ७ लाख छ हजार नौ सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २२.२८ प्रतिशत कम हो । गत साता १५२ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३६ हजार ३ सय ९० कारोबारबाट सात अर्ब ७९ करोड १८ लाख ५५ हजार रुपैयाँ बराबरको एक करोड ७२ लाख २४ हजार नौ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.५९ अंकले बढेर ३८२.७८ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधा।रमा लक्ष्मी भ्याल्यु फन्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लि. अग्रस्थानमा रहेको स्टक एक्सचेञ्जले जनाएको छ । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएको थिएन ।

LIVE TV