२९ श्रावण २०७३, शनिबार

समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत थ्रेसहोल्डको अधिकांश राजनीतिक दलहरुले विरोध गरिरहेका छन । संसदमा प्रतिनिधित्व गर्न निर्वाचन आयोगले तोकेको न्यूनतम मतको सीमा नै थ्रेसहोल्ड हो । निर्वाचन आयोगमा दलहरुको संख्या धेरै भएपछि थ्रेसहोल्डको व्यवस्था स्वीकार्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई पटक पटक आग्रह गर्दै आएको छ । थ्रेसहोल्ड राखिदा आफ्नो अस्तित्व समाप्त हुने भयले धेरै राजनीतक दलहरुले यसलाई अंगाल्न स्वीकार्न तयार देखिएका छैनन् ।

LIVE TV