२८ श्रावण २०७३, शुक्रबार

समाजमा अपनत्व र मौलिक पारिवारिक परिचय कसरी हराउदैछ भन्ने दृष्टान्त धेरै देखिएका छन् । आफ्नो माता पितालाई भगवान तुल्य पूज्ने नेपाली समाजमा आफ्ना सन्तानहरुले अग्रजको गुनको मूल्य कसरी चुकाउदैछन् त्यो पनि खोज्न अब गाह«ो पर्दैन । धेरै सन्तानले आफना आमाबाबु प्रतिको गुण र श्रृण तिर्न भूल्दा धेरै आमा बाबुहरु सडकमा वेवारिसे जीवन जिउन बाध्य छन् ।

भनिन्छ छोराछोरी बुढेसकालका सहारा हुन् । छोराछोरीका लागि बाबुआमाले आफूले आधा पेट खाइ हुर्काए बढाएका हुन्छन् तर तिनै छोराछोरीले बुढेसकालमा आफूलाइ जन्मदिने बुवाआमालाई सडकमा पु¥याएको खबर बाहिर आइरहेका छन् । बाँकेमा एक ६० वर्षीया वृद्धालाई उनकै आफ्ना आफन्तले सडकमा लगेर छोडिदिएका छन् । ९ महिना सम्म आफ्नो गर्वमा राखेर जीवन मरणको दोसाँधमा परी आफैले जन्माएका सन्ततीले बुढेसकालमा उनलाइ साराहाविहीन पारि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २४ भुजईगाँउ बुद्ध चोक स्थित रिक्सामा ल्याइ छाडिदिएको स्थानीयहरुको भनाइ छ । बाँया खुट्टा कुहिएको अवस्थामा त्यसरी छाडिएकी वृद्धालाई जिल्ला प्रहरी कार्यालय बाँकेले उद्धार गरी भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार गराइरहेको छ । आफ्नो नाम समेत राम्रोसंग बताउन नसक्ने ६० वर्षीया कहिले मोतीकला सुनार कहिले नन्द कला सुनार बताउने ति वृद्धा महिलालाई साउन २५ गते विहान ७ बजे मनिङ्गवाकका क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसएसपी टेक प्रसाद राइले भेटेपछि तुरुन्त उपचारका लागि भेरी अञ्चल अस्पताल पठाउनुभएको थियो । आफ्नो घरपरिवार ठेगानाको पत्ता नलागेकी ति ६० वर्षिया वृद्धाको विगत ५ दिन देखि भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ । पहिले भन्दा अहिले ति वृद्धाको अवस्था सुधारउन्मुख भैरहेको भेरी अञ्चल अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेण्ट डा.श्याम सुन्दर यादवको भनाइ छ ।
वृद्धाको खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकाले आफन्त पत्ता नलाग्दा झन् बढि समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले ति वृद्धा आमालाई खानेकुरा लत्ता कपडा समेत प्रदान गरिरहेको छ । उनको उपचारका लागि पनि आफन्तको आवश्यक परेकाले आफन्तको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एस पि टेक प्रसाद राइले जानकारी दिनुभयो ।

LIVE TV