२८ श्रावण २०७३, शुक्रबार

पालको केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पतालमा आइसीयु (सघन उपचार कक्ष) मा शैया कम हुँदा थुप्रै बिरामीलाइ अन्य अस्पतालमा रिफर गरिनु पर्ने बाध्यता छ । इमर्जेन्सीमा समेत घन्टौ लाइन बस्नु पर्ने र आइसीयुमा बेड पाउन समेत सोर्सफोर्स नै लगाउनु पर्ने भन्दै सास्ती खेप्नु परेको गुनासो अधिकांस बिरामीको छ ।


केही दिनअघि आफ्नो भान्जाको उपचार गर्न कान्ति अस्पताल पुगेका पर्बतका किरण शर्माको हालत पनि यस्तै भयो । विश्वासका साथ उपचारका लागि आएका शर्माको गुनासो यस्तो छ ।
त्यहाँ अधिकांश बिरामी आइसियुमा शैया नपाएपछि कोहि निजी अस्पतालमा पुग्छन् कोहि आइसियुमा राख्नु पर्ने बिरामीलाइ वार्ड मै राखेर आइसीयु पाइन्छ कि भन्ने आशमा बस्छन्

निजी अस्पतालमा लगेर उपचार गर्न आर्थिक हैसियत नसक्नेको लागि कि रोग लिएरै घर फर्कन पर्ने अवस्था छ कि आफ्ना बालबालिका को मृत्यु संगै सम्झौता गर्नु पर्ने बाध्यता छ । कान्ति बाल अस्पतालमा १८ वटामा सघन उपचार कक्ष छन् । देशका विभिन्न स्थानबाट आकस्मिक कक्ष र बहिरङ्ग कक्षमा दैनिक हजारको हाराहारीमा बिरामी आउछन् तीमध्ये १० प्रतिशत आइसियुको आवश्यकता पर्ने चिकित्सकहरु बताउँछन् । हाल अस्पतालमा नवजात शिशु अर्थात् २८ दिनसम्मको शिशु राख्नका लागि आठ वटा शैया २८ दिनदेखि १४ वर्षसम्मका बच्चा राख्नका लागि छ वटा शैया र शल्यक्रिया पछि राख्नका लागि चार वटा शैया सघन उपचार कक्षमा छन् । अस्पतालमा बिरामीले इमर्जेन्सी देखि आइसीयु मै क्यु बस्नु पर्ने बाध्यतामा छ । अस्पतालको इमर्जेन्सीमा पनि चिकित्सकहरुको कम हुनु अर्को समस्याको पक्ष बनेको छ ।

अस्पतालकाअस्पतालका आर्थिक प्रशासन प्रमुखका अनुसार अस्पतालाई ५२ बेडको आइसीयु बनाउने कार्य अन्तिम चरणमा पुगेको र मंसिर सम्म कान्ति बाल अस्पतालाई ५२ बेडको आइसीयु बनाइने पनि अस्पतालले जनाएको छ ।

नेपालको केन्द्रीय बाल अस्पतालमा समेत सघन कक्षको अभाबमा बिरामी बालबालिकाहरु तड्पिनु पर्ने अवस्था छ । यही तथ्यले पनि यो छर्लङ्ग पारेको छ कि बालबालिको स्वास्थ्यमा सरकार कत्तिको संवेदनशील छ भन्ने ।

LIVE TV