२८ श्रावण २०७३, शुक्रबार

जिल्ला कृषि बिकास कार्यालय मुगुले कृषकहरुलाई बिरुवा बितरण गरेको छ । आर्थिक वर्ष २०७३÷७४ को वार्षिक कार्यक्रम अन्तरगत मुगुका कृषकहरुलाई कागतीको विरुवा बितरण गरिएको हो ।


मुगुमा कागति खेतीको सम्भावना भएको हुदा कोटडाडा, सुकाढीक, श्रीनगर, कार्कीबाडा, रारा, जिमा, नार्थपु, भिई गाबिसहरुमा रहेका कृषकहरुको लागी लक्ष्यसहित कागतीका बिरुवा बितरण गरेको कृषि बिकास कार्यालय मुगु बताएको छ । कार्यालयका अनुसार समुन्द्र सतहको १८ सयदेखि २२ सय सम्मको उचाइमा कागतीको फल लाग्ने गर्दछ । मुगुमा ब्याबसायिक हिसाबले कागती उत्पादन सुरु गर्न कृषि बिकास कार्यालय मुगुले दैलेखबाट कागतीका बिरुवाहरु ल्याएर अनुदानमा बितरण गरेको बागवानी शाखाका प्राबिधिक सहायक तेजबिक्रम मल्लले बताउनुभयो । गर्त बष ६ हजार ५ सय कागतीका बिरुबा बितरण गरेको थियो ।

LIVE TV