२८ श्रावण २०७३, शुक्रबार

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. वावुराम भट्राईले अव डेढ वर्षमा तीन तहको निर्वाचन हुन सकेन भने मुलुकले सोच्दै नसोचेको संकटको सामना गर्नुपर्ने वताउनुभएको छ । दलहरुकाबीच राजनीतिक सहमति गरी वर्तमान गतिरोधको समाधान गरिनुपर्ने उहाँको कथन थियो ।


शुक्रवार राजधानीमा नयाँ शक्ति नेपालले आयोजना गरेको संविधान कार्यान्वयन र राजनीतिक अस्थीरताको समाधान विषयक अन्र्तक्रियामा नयाँ शक्तिका संयोजक भट्टराईले संसदीय व्यवस्थाको विकल्प खोज्ने बेला भइसकेको वताउनुभयो । अस्थिर सरकारले गर्दा आर्थिक विकास समृद्धि रोकिरहेकोले देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्ने डा. भट्राईको कथन थियो ।
वर्तमान गतिरोध समाधानमा संघीय सीमांकनमा परिमार्जन,शासकीय स्वरुपमा संशोधन र जनजीविकाको सम्वोधन हुनुपर्ने कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा साशकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र जनजीविकाको सम्वोधनमा सवैले सहमत जनाए पनि सीमाङकनका विषयमा भने फरक फरक धारणा प्रस्तुत भएका थिए  ।
उक्त कार्यक्रममा विभिन्न राजनीतक दलका नेताहरु, कानूनविदहरु, व्यवसायीहरु, अर्थविद लगायतका व्यक्तिहरु सहभागि थिए ।

LIVE TV