२८ श्रावण २०७३, शुक्रबार

कोटेयोर फेसन विकको तयारी पुरा भएको जानकारी पत्रकार सम्मेलन मार्फत गराइएको छ ।शनिबार साझ सात बजे होटेल हायात रीजेन्सीमा आयोजना हुन लागेको फेसन शोमा बिभिन्न नेपाली र बिदेशी डिजाइनरले डिजाइन गरेका डिजाइनलाई १२ थिममा प्रस्तुत गरीदै छ ।

vlcsnap-2016-08-12-14h32m03s621

न्युयोर्कका चर्चित फेसन डिजाइनर आन्द्रैस अक्विनो शो मा सहभागिता जनाउन नेपाल आइसकेका छन ।नेपाली मोडल र डिजाइनरको लागि अन्तराष्ट्रीय बजारमा पहुच बनाउनको लागि यो र यस्ता आगामी दिनका शो माध्यम हुने उनले बताए।कोटयोर फेसन बिक न्युयोर्क संगको सहकार्यमा एभरेष्ट इभेन्ट्स एण्ड एक्जिविसनले फेसन शो गर्न लागेको हो ।शो मा मिस होन्डुरस र मिस पाराग्वे संगै अमेरीका र फिनल्याण्डका दुई सुपर मोडल पनि नेपाली रनवेमा सहभागि हुदै छन ।उनिहरुलाई नेपाली मोडल आस्था पोखरेल,दिपक घिमीरेले साथ दिने छन भने आना शर्मा,मलिना जोषि,सृष्टी श्रेष्ठ जस्ता सेलिब्रटी पनि सोमा मोडलको रुपमा सहभागि हुदै छन । कार्यक्रममा सबिन राई अभया एन्ड इन्जन्स र भारतिय डिजे अनिस आनन्दले पनि प्रस्तुती गर्ने छन ।

LIVE TV