२७ श्रावण २०७३, बिहीबार

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्व छनोटका अझै अन्योलमा छ । ९ बर्षदेखि  हुन नसकेको महाधिवेशनको उद्घाटन भएपनि त्यस अघिका कार्यक्रम अगाडि बढ्न नसक्दा विद्यार्थीहरु अन्योलमा परेको हुन् । शैक्षिक एजेण्डामा भन्दा पनि को नेता हुने भन्ने बिषयममा मात्रै नेताहरु केन्द्रीत हुँदा नेविसंघमा विवाद देखिएको हो ।


श्रावण २३ मा शुरु भई श्रावण २५ मा सकिनुपर्ने महाधिवेशन पार्टीभित्रको आन्तरिक विवाद र गुटवन्दीका कारण अहिले पनि वन्दसत्रसम्म शुरु हुन सकेको छैन । पटक पटक विवाद मिलाउन बनाइएको निर्देशक समितिको बैठक वसेर विवाद मिलाए पनि एउटा विवाद टुङिगन नपाउँदै अर्को विवाद थपिदै गएको छ । निर्देशक समितिले सैद्धान्तिक विवादहरु टुङग्याए पनि विवाद व्यक्ति व्यक्तिमा गएर अल्झिएको छ  भने दैनिक ५० लाख भन्दा बढीको आर्थिक व्यवभार काँग्रेसलाई परिरहेको छ । आर्थिक भार बढेपछि भृकुण्टी मण्डपबाट काँग्रेसको केन्द्रीय कार्यालय सानेपा लगिएको छ ।उनीहरु शैक्षिक एजेण्डा भन्दा बढी नेतृत्वकै मात्रै दावी गरिरहेका छन् ।

११ औ महाधिवेशनमा नेतृत्वका आकांक्षी धेरै हुनु, ९ बर्षदेखि महाधिवेशन नहुँदा यसको प्रभाव परेको नेविसंघका नेताहरु वताउँछन । नेपाल विद्यार्थी संघको महाधिवेशन समयमा नहुँदा सक्रिय नभएको जस्तो देखिएकोले महाधिवेशन पश्चात आफै सक्रिय हुने र विद्यार्थीका हकहितकै लागि पर्ने विद्यार्र्थी नेताहरुको भनाई छ ।
नौ वर्ष पछि नेपाल विद्यार्थी संघको निर्वाचन भइरहदा मुलुकभरका नेविसंघका नेता कार्यकर्तामा खुसियाली छाएको छ । यो महाधिवेशन पश्चात नेपाल विद्यार्थी संघका सामुन्ने चुनौतीका चाङ भएपनि उनीहरु नीति भन्दा नेतृत्व केन्द्रीत भइरहेको छ । अहिले पनि नेतृत्व हत्याउनका लागि नैनसिंह महर, जीतजंग बस्नेत,मनोजमणी आचार्य, कुन्दनराज काफ्ले, क्षितिज भण्डारी लगायतका नेताहरु मैदानमा देखिएका छन् । नियमित महाधिवेसन हुन नसक्दा उमेर बुढो पुस्ताका व्यक्तिलाई नेतृत्व सुम्पने भएपनि १२ औं महाधिवेसन पछि ३२ बर्षे उमेरहद लगाइएपछि विस्तारै नेतृत्व संग्लिदै जाने विद्यार्थी नेताहरुको भनाई छ ।

LIVE TV