२७ श्रावण २०७३, बिहीबार

जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हतियार राखेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । जिल्लाको पवेरा गाविस वडा नंं ६ बस्ने ओम प्रकाश चौधरीलाई यही साउन २५ गते प्रहरीले नियन्त्रणमा लिएको हो ।

चौधरीले आफ्नै घरमा लुकाईछिपाई राखेको अवस्थामा घरेलु नट कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोली ४ थान र थ्रि नट थ्रि राईफलमा प्रयोग हुने गोली २ थान सहित नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बताउनुभयो ।

पक्राउ परेका चौधरी अवैध हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा चलाईने प्रहरी उपरिक्षक विष्टले बताउनुुभयो ।

LIVE TV