२७ श्रावण २०७३, बिहीबार

पछिल्लो समयमा ‘ब्रासलेट’ फिल्मको पब्लिसिटिलाई लिएर निर्माण पक्षले विभिन्न ठाउँहरुमा पुगीरहेका छन् । ‘ब्रासलेट’फिल्मको प्रचार प्रसारको सिलसिलामा अहिले निर्माण पक्ष पूर्वका विभिन्न जिल्लामा पुगेका छन् । विभिन्न ठाउँका स्थानीयवासीलाई फिल्मको जानकारी दिने हेतुले यतिबेला फिल्मका कलाकार सहित निर्माता केशव भट्टराई र निर्देशक निर्मल शर्मा लागिपरेका छन् ।

bracelet-unit
अभिनेता रमेश उप्रेती पनि लामो समय पछि यही फिल्म मार्फत दर्शकमाझ पुन पहिला जोडिएको साइनोलाई पुनः जोड् लागी परेका छन् । त्यस्तै फिल्मको प्रचार प्रसारमामा गर्नका लागी निर्माता केशव भट्टराईका दुई साथी छविराज ओझा र नरेन्द्र महर्जन पनि सँग–सगै पूर्व पुगेका छन् । एक निर्माताको फिल्म चल्दा अर्को निर्माताले सहयोग नगर्ने वेवास्ता गर्ने परिपाटीलाई ब्रासलेट फिल्मले तोडेको छ ।
भदौको १७ गतेबाट दर्शक माझ रीलीज हुदै गरेको ब्रासलेटमा रमेश उप्रेती,रजनी केसी, नम्रता सापकोटा लगाएतको अभिनय रहेको छ ।

 

LIVE TV