२७ श्रावण २०७३, बिहीबार

पोखराको फेवातालमा डुंगा डुब्दा चार दिनदेखि वेपत्ता दुईजना युवक मृत फेला परेका छन् । आज विहान फेवातालको हल्लनचोक घाट नजिकैबाट प्रहरीले काठमाडौं बसुन्धराका २३ वर्षीय एलिन केसी र काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक श्रेष्ठलाई मृत फेला पारेको हो ।
उनीहरुको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ । सोमबार साँझ फेवातालमा डुंगा डुब्दा त्यसमा सवारमध्ये ८ जनामध्ये ६ जनाको जिवितै उद्धार गरिएको थिया । फेवातालपारीको रेष्टुरेण्टमा खाना खाएर फर्किदै गर्दा साँँझ ५ बजेतिर डुंगा डुबेको थियो । डुंगाको क्षमताभन्दा बढी यात्रु चढेका कारण दुर्घटना भएको प्रहरीको दाबी छ । दुर्घटनामा परि काठमाडौंका सौगात श्रेष्ठ, रोशन न्यौपाने, सम्राट गौतम, दिपक न्यौपाने, हेटौंडाका विदुर धिताल, पोखरा–६ लेकसाइडकी डुंगा चालक गंगा बस्नेतको उद्धार गरिएको थियो ।

LIVE TV