२७ श्रावण २०७३, बिहीबार

रामपुर (पाल्पा) । साँखर गाविसको सामुदायिक वनमा अज्ञात समूहले राखेका तीनवटा क्यामेरा फेला परेका छन् ।

साँखर–८ मा रहेको सोहर्दी सामुदायिक वनको सालको रुखको हाँगामा बाँधेर राखिएको अवस्थामा क्यामेरा मङ्गलबार फेला परेको हो भने थप दुईवटा क्यामेरा बुधबार फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

camera

दुईवटा क्यामेरा साँखर–८ कै जंगलमा रुखमा भेटिएको हो । पहिलो क्यामेरा भेटिएको स्थानमा क्यामेरा राख्ने क्रममा तीनजनालाई स्थानीयवासीले भेटेको र सोधपुछ गर्दा सिकारका लागि राखिएको बताउँदै कसैलाई खबर नगर्न आग्रह गरेको बताइएको छ ।

प्रहरी चौकी साँखर र इलाका प्रहरी कार्यालय रत्नपुरले सो क्यामेराको थप अनुसन्धान गरिरहेको छ । बरामद गरिएका क्यामेरा अहिले रत्नपुर प्रहरी चौकीमा राखिएको छ । प्रहरीका अनुसार विदेशी क्यामेरा झन्डै रु १० हजार मूल्य बराबरको रहेको छ ।

वन जङ्गलमा क्यामेरा देखेपछि यहाँका स्थानीयवासीलाई घाँस दाउरा गर्न, गाईबाख्रा चराउनका लागि जङ्गलमा जान पनि त्रास बढेको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताउनुभयो । रासस

LIVE TV