२७ श्रावण २०७३, बिहीबार

स्थानीय निकाय पुनसंरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह बनाउने प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेपछि त्यसलाई बढाउन राजनीतिक दलहरुले तयारी थालेका छन् । फागुनसम्म काम सक्नुपर्ने जिम्मेवारी पाएको आयोगको काम तिव्र गतिमा अघि बढिरहेका बेला दलहरुले कार्यविधि नै फेर्न भएका हुन् ।
सत्ता रुढ दुई दल कांग्रेस माओवादी केन्द्रले आयोगले गरेका कामको जानकारी लिँदै कार्यविधि सच्याउन अरु दलसँग पनि छलफल गर्ने निर्णय गरेका छन् । एमालेले पनि केही दिनअघि आयोगसँग छलफल गर्दै स्थानीय तहको संख्या बढाउनु पर्ने बताएको थियो । धेरै जसो दलका सांसदले सोमबारको संसद बैठकमा पुनसंरचना आयोगको कामप्रति चर्को असन्तुष्टि जनाएका थिए ।

390dharan_sunsari_nepal_map
संविधानले परिकल्पना गरे अनुसार नागरिकको घर दैलोमै राज्यका सेवा सुविधा पु¥याउन सरकारले स्थानीय तहको नयाँ खाका बनाउन गएको चैत १ गते बालानन्द पौडेलको संयोजकत्वमा आयोग बनाएको थियो । आयोगले देशभरका दुई सय १७ नगरपालिका र तीन हजार एक सय ५७ गाविसलाई पाँच सय ६५ वटा राजनीतिक इकाई बनाउने प्रारम्भिक प्रतिवेन सार्वजनिक गरेपछि राजनीतिक दलहरु झस्केका छन् । प्रतिवेदन परिमार्जन गर्ने पक्षमा सत्तापक्षीय दल पुगेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिंहदरबारमा भएको छलफलपछि जानकारी दिनुभयो ।
धेरै संख्यामा रहेको स्थानीय निकायलाई थोरैमा झार्दा कार्यकर्ता व्यवस्थापनमा समस्या हुने डरले पनि दलहरु स्थानीय तहको संख्या बढाउन लागेका हुन् ।

LIVE TV