२७ श्रावण २०७३, बिहीबार

तनहुँ । गत शनिबार आमाको हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पाँच दिनपछि पक्राउ गरेको छ ।

जिल्लाको क्यामिन–६ निवासी ७० वर्षीया पुतली नेपालीको हत्या गरी फरार रहेका ४० वर्षीय छोरा देवबहादुर नेपालीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

हत्यापछि फरार रहेका देवबहादुरलाई लमजुङको मध्यनेपाल नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । शिशाघाट प्रहरी चौकीका प्रहरी हवल्दार इन्द्रबहादुर गुरुङको नेतृत्वमा गएको प्रहरी टोलीले देवबहादुरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।

देवबहादुर विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने भएको छ । रासस

LIVE TV