२६ श्रावण २०७३, बुधबार

पाकिस्तानका वकिलहरुले क्वेटा सहरको एक अस्पतालमा सोमबार मारिएका आफ्ना सहकर्मीको सम्झनामा बुधबार शोक मनाएका छन् ।

आफ्नो घरबाट कार्यलयतर्फ हिँडेका वरिष्ठ वकिल विलाल अन्वार कसीलाई बन्दुकधारीले आक्रमण गरी हत्या गरेपछि बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकीलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरू माझ गराइएको विष्पोटम दर्जनौँ वकिल, केही पत्रकार तथा सामान्य नागरिकको मृत्यु भएको थियो ।

सोही दिन मारिएका मानिसहरुको सम्झनामा पाकिस्तानी बार एसोसिएसनले बुधबार शोक मनाउने निर्णय गरेको हो ।

तालिवान समूहको तेहरिक ए तालिवान पाकिस्तान समुहअन्तर्गतको जमातुल अहारा नामधारी एउटा गुटका प्रवक्ताले विस्फोट आफ्नो समूहले गराएको जानकारी दिएका थिए । रासस÷सिन्ह्वा

LIVE TV