२६ श्रावण २०७३, बुधबार

नेपाल विद्युत प्राधिकरण सूचना विभाग रत्नपार्कमा कार्यरत रहँदा कम्प्युटर इन्जिनियर बिदुर दाहालले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विद्युत प्राधिकरण काठमाडौँ सूचना प्रविधि विभागमा कम्प्यूटर इन्जिनियर ९तह ७० पदबाट सेवा प्रवेश गरी २०६२ सालदेखि २०७२ सम्म सोही पदमा बहाल रहँदा दाहालले रु एक करोड छ लाख आठ हजार ५१७ गैरकानुनी सम्पत्ति आर्जन गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिम रु एक करोड छ लाख आठ हजार ५१७ बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम जरीवाना र कैद सजायको माग गर्दै आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले अभियुक्त दाहालका नाममा रहेको स्रोत नखुलेको चल अचल सम्पत्ति जफत गर्न पनि माग गरेको छ । रासस

LIVE TV