
नवलपरासीमा नेपाली सेनाले राष्ट्रिय सेवा दलद्वारा सन्चालित जुनियर डिभिजन तालिम संचालन गरेको छ । आर्दश माध्यमिक बिद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि जुनियर डिभिजन सिसम ४३ अन्तर्गतको तालिम सन्चालन गरिएको हो । शिक्षा मन्त्रालय अन्तरगत पर्ने राष्ट्रिय सेवा दलको तालिमको व्यवस्थापन तथा सन्चालन गर्ने जिम्मेवारी भने नेपाली सेनालाई दिईएको छ ।
दक्ष स्वयम सेवक जनशक्तिको निर्माण गरि विपदको जोखिमको बेला सहयोग लिन सक्ने गरि बिद्यार्थीलाई सिनियर र जुनियर डिभिजनका तालिम सन्चालन हुदै आएको बज्रदल गण परासीका प्रमुख गणपति पुर्णप्रसाद ढकालले बताउनुभयो ।
राष्ट्रिय सेवा दलको तालिम मार्फत युवा जनशक्तिलाई अनुशासीत बफादार ईमान्दार जवाफदेही बनाउने, नेतृत्व लिन सक्ने, देशभक्त एवं राष्ट्रिय एकताको भावना जागृत्त गराई व्यत्तिगत रुपमा व्यक्तित्व विकास समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
७९ दिन सम्म सन्चालन हुने संस्थागत तालिममा आर्दश उच्च माविका ३६ जना छात्र–छात्राहरुको सहभागिता रहेको छ । संस्थागत तालिम अन्तरगत शारीरिक तालिम, ड्रिल, सैनिक कला, टे«किङ तथा हाईकीङ, एरोविक्स तालिम गराईने गणपति ढकालले बताउनुभयो ।
राष्ट्रिय सेवा दल अन्तर्गत सन्चालन हुने अर्काे तालिम वार्षिक सामुहिक क्याम्प भने आगामी पुस देखि फागुनमा २१ दिन सम्म नवलपरासीकै हात्तिखोरमा सन्चालन गरिने छ । तालीममा उत्कृष्ट हुनेहरुलाई बिदेशका बिभिन्न देश भ्रमण गर्ने अवसर समेत मिल्ने छ ।