२६ श्रावण २०७३, बुधबार
नेपालका लागि होन्डाका आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले काठमाडौंमा भब्य कार्यक्रम गरेर कम्प्याक्ट प्रिमियम एसयूभी होन्डा बिआर-भी  सार्वजनिक गरेको हो । ७ सिट क्षमता भएको बिआर-भी यो सेगमेन्टमा नेपालमै पहिलो भएको होन्डा कारका म्यानेजर सरद ढुंगेलले बताए। यसको ग्राउन्ड क्लियरेन्स २१० एमएम छ भने  बिआर-भीमा बोल्ड र स्पोर्टी तथा शक्तिशाली पफर्मेन्स र उच्चकोटीको प्रिमियम इन्टेरियर भएको उनले बताए।
 honda brv1
यस गाडीमा 16-Valve, 4-Cylinder 1.5-liter i-VTEC  इन्जिन छ जसमा नयाँ र विशेष रुपमा विकसित 6-speed म्यानुअल ट्रान्समिसन र फस्ट-इन-क्लास कन्टिन्युअस्ली भेराइबल ट्रान्समिसन छ । यो शक्तिशाली इन्जिन सेगेमन्टमै पहिलो भएको कम्पनीको दाबी छ। यसले ६६०० आरपीएममा १२९ पीएस शक्ति र ४६०० आरपीएममा १४५ एनएम टर्क उत्सर्जन गर्छ।

यसको CVT variant मा रहेको खास “Paddle Shift“अप्सनले अटोमेटिकको सुविधा साथै म्यानुअलको परिष्कृत ड्राइभिङ्ग आनन्द दिन्छ र यसलाई steering spoke को पछाडि रहेको स्पोर्टस् कारबाट उत्प्रेरित भएको paddle switch बाट पनि चलाउन सकिने स्याकार कम्पनीका अध्यक्ष सौरभ ज्योतिले बताए।

होन्डा बिआर-भी प्रिमियम सेगमेन्टको बजारलाई लक्षित गरी ल्याइएको हो। कम्प्याक्ट एसयूभीको १० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य रहेको सौरभ ज्योतिले बताए। ‘बिआर-भीको प्रतिस्पर्धी कुनै छैन। किनकि सात सिट क्षमता भएको कम्प्याक्ट एसयूभी यो नै पहिलो हो,’ उनले भने, ‘यो सेगमेन्टको १० प्रतिशत हिस्सा लिने लक्ष्य छ।’

त्यस्तै होन्डाले अहिलेसम्म आफ्ना उत्पादनमा कुनै सम्झौता नगरेकाले बिआर-भीले पनि राम्रो बजार लिन सक्ने कम्पनीका अध्यक्ष पद्य्म ज्योतिले बताए। ‘होन्डाले आफ्ना उत्पादनमा तीन चारवटा आधारभूत कुरामा कहिल्यै सम्झौता गर्दैन। यसको उत्कृष्ट प्रविधि, गुणस्तर, सुरक्षा र बलिया पाटपूर्जा बलियाले होन्डालाई लोकप्रिय बनाएको छ।’

१४ वर्षदेखि होन्डा कारको विक्री वितरण गरिरहेको र यो अवधिमा कहिले पनि ग्राहकको विश्वासमा कमी नआएको पनि उनले बताए।

honda brv2

गाडीको अगाडिबाट बोल्ड र चौडा स्ट्यान्स दर्शाउने बिआर भीमा प्रोजेक्टर हेडल्याम्पस्, फ्रन्ट ग्रिल डिजाइन, र एलइडी पोजिसन ल्याम्पस् हाईलाइटस्का रुपमा रहेका छन् ।
यस गाडीकाे Silver Finish roof rails ले गाडीको स्पोर्टी अपिललाई झल्काउँछ । टफ स्पोर्टी र प्रिमियम वाईड अनुभवलाई रियरमा रहेको LED Light Guide सहितको Connected tail light डिजाइनले अझ बढी आर्कषक बनाउछ ।
यस गाडीमा उपभोक्ताहरुलाई बढी सुविधा प्रदान गर्न अत्याधुनिक इन्टेरियर सामाग्री जस्तै स्मार्ट एन्ट्री सहितको पुस बटन स्टार्ट, इन्टिग्रटेड ह्यान्डस् फ्रि टेलिफोन रहेको ब्लुटुथ अडियो सिस्टम र अडियोको लागि स्टेरिंग माउन्टेड कन्ट्रोल, अटोमेटिक एअर कन्डिसनर छन् ।
मल्टी इन्फरमेसन डिस्प्लेले ड्राइभरलाई सबै महत्वपूर्ण जानकारी जस्तै ड्राइभिंग रेन्ज, ईन्स्टानियस र एभरेज फ्यूल इफिसियन्सी, एम्बियन्ट तापक्रम र समय प्रदान गर्छ । यसबाहेक इको ल्याम्पले फ्यूल इफिसियन्ट ड्राइभिंगबारे ड्राइभरलाई जानकारी दिन्छ । यसको हेड, नी (घुँडा) क्लियरेन्स, लेग रुम राम्रो भएकाले आरामदायी यात्रा हुने कम्पनीको भनाइ छ।
यसको अन्तिमको सिट फोल्ड गर्दा बुट स्पेस ६९१ लिटरको हुनेछ जसमा पर्याप्त सामान अटाउँछ। त्यस्तै बुटको चौडाइ धेरै र कम उचाइबाट सुरु हुने भएकाले सामान राख्न सहज हुन्छ।
बिआर-भीको माइलेज पनि उत्कृष्ट भएको कम्पनीले जनाएको छ। म्यानुअलले १५ र अटोमेटिकले १६ किमी प्रतिलिटर माइलेज दिन्छ।
honda brv3
सुरक्षाका लागि यसमा डुअल एयरब्याग छन्। त्यस्तै यसको एसी पछाडिको सिटमा बस्नेले पनि कन्ट्रोल गर्न सक्छन्।
४४५६ एमएम लामो, १७३५ एमएम चौडा र १६६६ एमएम अग्लो यस गाडीमा २६६२ एमएम व्हीलबेस छ । यो कार ६ वटा रंगमा उपलब्ध छन् । विभिन्न मोडेलमा उपलब्ध यो कारको मूल्य ४० लाखदेखि ५३ लाख रुपैयाँ पर्छ।

LIVE TV