२६ श्रावण २०७३, बुधबार

नेपालमा पहिलोपटक कृषि अवार्ड हुने भएको छ । कृषि र कृषकमा समर्पित एग्रो टाइम्स मिडिया नेटवर्कको आयोजनामा यही भाद्रं १२ गते अवार्ड वितरण हुन लागेको हो । कृषि क्षेत्रमा क्रियाशिल तथा नेपालको कृषि क्षेत्रको व्यवसायिकरणमा योगदान पु¥याइरहेका १० जनालाई यो एग्रो टाइम्स पत्रिकाले कृषि अवार्ड वितरण गर्न लागेको हो ।
मिडियाले बिगत ३ बर्षदेखि कृषि र कृषकमा समर्पित एग्रो टाइम्स मासिक पत्रिका प्रकाशन गरीरहेको छ । तेस्रो वर्ष पूरा भइ चौथों र्वा सुरु हुनै लाग्दा नेपालमै पहिलो कृषि अवार्ड गर्न लागेको मिडियाका प्रवन्ध निर्देशक अशिम सापकोटाले बताउनुभयो । कृषकहरुलाई थप हौसला दिनको लागि यो अवार्ड वितरण गर्न लागिएको हो । कृषि क्षेत्रमा क्रियाशिल, नेपालको कृषिको व्यवसायिकरण अन्तर्गत हरेक विधामा आवद्ध तथा नेपालको कृषि क्षेत्रको व्यवसायिकरणमा योगदान पु¥याइरहेका व्यक्तिहरुले आवेदन दिन सक्ने आयोजकले जानकारी दिएको छ । यो अवार्डको लागि आवेदन सुरु भइसकेको छ । व्यवसायिक रुपमा लागिरहेका र अन्यहरुलाई समेत व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्न प्रेरीत गरीरहेकाहरुले आवेदन भर्न सक्ने बताइएको छ ।

lsdfiwkf
आवेदन पश्चात जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय लगायतका सरकारी कार्यालसँग सहकार्य गरी देशभरबाट १०० जनालाई छनौट प्रक्रियामा लगिनेछ । छनौटमा परेका १०० जनालाई नै बिशेष योगदान झल्किने भावसहितको कदर पत्रद्धारा सम्मान पनि गरिनेछ । त्यस पश्चात विभिन्न प्रक्रियामार्फत उत्कृष्ट १० जनालाई छनौट गरीनेछ । कृषि अन्तर्गत जुनसुकै क्षेत्रमा आवद्धले आवेदन दिन सक्नेछन् ।
अधिकाशं नेपालीहरु जीविकोपार्जनका लागि कृषि प्रणालीमा आधारीत खेतीपाती गरिरहे पनि यसलाई आधुनिकीकरण गर्न सकिएको छैन ।  यो प्रद्धतीमा परिमार्जन गरी रुपान्तरण गर्न आवश्यक भएको एग्रो टाइम्स मिडियाका प्रवन्ध निर्देशक अशिम सापकोटाले बताउनुभयो  । यसका अलावा अर्गानिक खेतिपाती, प्रांगारीक कृषि प्रणालीलाई जोड दिनुपर्ने उहाँको धारणा छ  । प्रतिष्पर्धी बजारलाई आवश्यक पर्ने जनशक्ति तथा तिनको तालिम, ज्ञान, सिपलाई उत्पादनमुलक बनाउन सकेको खण्डमा मात्रै कृषिको दिगो विकास हुन सक्छ भन्ने युवा कृषि पत्रकार समेत रहनुभएका सापकोटा बताउनुहुन्छ । नेपालमा उत्पादन हुन सक्ने वस्तुहरुको उत्पादन बढाउन सके स्वतः नेपाली कृषकको आम्दानी बढाउन सकिन्छ र बढी भएको उत्पादन पनि विश्व बजारमा पनि पु¥याउन सकिने उहाँको विश्वास छ  ।

LIVE TV