२६ श्रावण २०७३, बुधबार

एनएफडिसी अवार्ड २०७२को १७ बिधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनीक भएको छ । आयोजीत एक कार्यक्रममा गोपिकृष्ण मुभिज र एनएफडिसीले नोमीनेशन सार्वजनीक गरेका हुन् । असोजमा हुने उक्त अवार्डमा प्रतिस्पर्धाको दौडमा परेका हरेक विधाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।

vlcsnap-2016-08-10-11h42m46s923
तिन वर्षको लागी एनएफडिसी अवार्डलाई जोय पपया सनले सहकार्य गर्ने भएको छ । अभिनेताको तर्फ पशुपतिप्रसादबाट खगेन्द्र लामिछाने, प्रेमगीतबाट प्रदिप खड्का, क्लासिकबाट आर्यन सिग्देल, फन्कोबाट सौगात मल्ल र कबड्डी कबड्डीबाट दयाहाङ राई प्रतिस्पर्धाको दौडमा छन् भने अभिनेत्रीतर्फ केकी अधिकारी, प्रियंका कार्की, पूजा शर्मा, मेनका प्रधान र नम्रता श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै उत्कृष्ट फिल्मको दौडमा प्रेमगीत,क्लासिक,कबड्डी कबड्डी ,पशुपतिप्रसाद, र वडा नम्बर छ परेका छन् । साथै निर्देशकमा सम्बन्धित फिल्मबाटै क्रमशः दिपेन्द्र के खनाल, सुदर्शन थापा, दिनेश राउत, रामबाबु गुरुङ र उज्जल घिमिरेबीच प्रतिस्पर्धा हुने भएको छ ।
कार्यक्रममा फिल्मकर्मीहरुले बाक्लो उपस्थिती जनाएका थिए । तर, उत्कृष्ट पाँच मनोनयनमा परेका अभिनेतामा आर्यन सिग्देल र अभिनेत्रीतर्फ पूजा शर्मा मात्र उपस्थित भएका थिए । मनोनयनमा परेका प्रतिस्पर्धीहरुले प्रमाण पत्र ग्रहन गरे । एनएफडिसी अवार्डको उत्कृष्ट पाँच मनोनयनमा परेकाहरुलाई एसएमएस मार्फत भोट पनि गर्न सकिने भएको छ । उक्त अवार्डमा २०७२ मा रिलीज भएका फिल्म र फिल्मकर्मीहरु प्रतिस्पर्दामा रहेका छन् ।

vlcsnap-2016-08-10-11h43m40s395

LIVE TV