२६ श्रावण २०७३, बुधबार
  • यादव देवकोटा

नेपाल विद्यार्थी सङ्घको राजधानीमा जारी महाधिवेसनमा ‘बन्द सत्र’ सञ्चालन हुन नसक्दा प्रतिनिधिहरू अन्योलमा परेका छन् ।  मङ्गलबार दुई बजे सुरु गर्ने भनिएको बन्द सत्र बुधबार बिहान आठ बजेसम्मका लागि स्थगित गरिएपछि प्रतिनिधिहरू अन्योलमा परे लगत्तै नेताहरुको घर दैलो पुग्न बाध्य भएका हुन् ।

आइतबार शान्त वातावरणमा भव्य र सभ्य रूपमा उद्घाटन सम्पन्न भएको महाधिवेसनको बन्द सत्र लगातार दुई दिनसम्म सञ्चालन हुन नसकेपछि महाधिवेशन हुने र नहुने विषयमा शङ्का उपशङ्का उठ्न थालेका छन् ।  सोमबार दुई बजे सुरु हुने भनिएको बन्द सत्र सूचना टाँस गरी मङ्गलबार दिउँसो दुई बजेसम्मलाई सारिएको थियो ।  तर, मङ्गलबार पनि सूचना टाँस गरी बुधबार बिहान आठ बजेसम्मका लागि सारिएपछि विद्यार्थी तथा प्रतिनिधिहरू रुष्ट थिए  । प्रत्यासी केहि उम्मेद्वारहरु सडकमै नमस्ते गर्दै भोट माग्दै थिए तर धरै जसो नेताहरुभने पार्टीको ठुला ठुला नेताहरुको दैलोमा । बन्द सत्र गरिएको भृकुटीमण्डप  भित्र सुन सान थियो तर सडकमा भने केहि कार्यकर्ताहरु नारा र जुलुस गर्दै थिए  ।

13978349_1090507727701334_407022608_o

महाधिबेसनमा भोट माग्दै गरेका नेता शुभराम बस्नेतले भने आफ्नो उम्मेद्वारी जितको उम्मेद्वारी भएको बताइरहेका थिए । त्यस्तै महाधिबेसनमा भेटिएका  नेपाल बिद्यार्थी संघका बिद्यार्थी नेताहरु सिजर भट्ट र  विश्व भट्ट पनि अन्यौलमानै थिय ।नाराजुलुसमा सहभागी हुँदै गर्दा भेटिएका नेविसंघका बिद्यार्थीहरु  शितल गुभाजु, सुबास अधिकारि र  एक बहादुर बयालकोटी  चुनाब होला या नहोला भन्ने  उस्तै  दोधारमा थिए  ।

 

 

LIVE TV