२५ श्रावण २०७३, मंगलवार

इन्डोनेसियाको राष्ट्रिय प्रहरीले गत शुक्रबार पक्राउ गरेका छ जना सशस्त्र विद्रोहीमध्ये पाँच जना उपर इन्डोनेसियाको बाटम द्वीपबाट सिङ्गापुरको मेरिना बे द्वीपमाथि रकेट लन्चरबाट आक्रमण गर्ने षडयन्त्रको योजना बुनेको आरोप लगाएको तथ्य आज एक प्रहरी अधिकृतले खुलासा गरेका छन् ।

राष्ट्रिय प्रहरी प्रवक्ता ब्वाय रफ्लि अमारका अनुसार सो समूहका छ जनामध्ये एक जना भने सिङ्गापुर आक्रमण षडयन्त्रमा सामेल नरहेको ज्ञात हुन आएको छ ।

प्रहरी प्रवक्ताका अनुसार सुराकीबाट ज्ञात हुन आएको स्थलमा छापा मार्दा लुकी रहेका सशस्त्र विद्रोहीको अखडामा आधुनिक ठूला हतियार, कम्प्युटरलगायत अन्य थुप्रै युद्ध सामग्रीसमेत फेला परेकाले सो सबै बरामद गरिएको छ ।

इस्लामिक स्टेट्स ९आईएस० आतङ्ककारी सङ्गठनको सिरियाली हांगोसँग इन्डोनेसियाका केही आतङ्ककारीले नियमित सम्पर्क गरिरहेको पत्तो लागेको थियो ।

त्यसपछि यी सशस्त्र विद्रोहीको पनि सिरियाको नामुद आतङ्ककारी बाहरून नाइमसँग कुनै सम्पर्क छ कि भन्ने अनुसन्धान गर्न बरामद भएको कम्प्युटरको सूक्ष्म अध्ययन भइरहेको पनि प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका सशस्त्र विद्रोहीमध्ये एकजना भने बाटम द्विपमा लुकेर बसेको तथाकथित किताबा गोङगोङ रेबस ९केजीआर० समूहको नाइके हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

सशस्त्र विद्रोहीलाई केरकार गर्दा आफूहरू मध्यपूर्वका राष्ट्रहरूमा धर्मयुद्ध ९जिहाद० मा भाग लिनका लागि इच्छुक इन्डोसियाली जनतामाझ सम्पर्क माध्यमका रूपमा परिचालित भएको बताएको समेत इन्डोनेसियाली प्रहरीले खुलासा गरेको छ । रासस÷सिन्ह्वा

LIVE TV