२५ श्रावण २०७३, मंगलवार

काठमाडौं ।नेपाल विद्यार्थी संघको महाधिबेशनमा दर्जनौ पार्टी नेताको चाहना बोकेर दर्जनौ विद्यार्थी नेता चुनावी मैदानमा आउने तयारी गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्काले आआफ्ना नजिकका बिद्यार्थीलाई चुनावी मैदानमा उतारेका छन् ।

nsu-president-canditate-name.jpg-600x0
विवादका कारण नेविसंघको बन्दसत्र लम्बिइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षको आधिकारिक उमेदवार नयनसिंह महर भएको बताएको भनिएपनि अहिले सम्म कुनै त्यस्तो निर्णय नभएको अध्यक्षका उम्मेदवार जित जंग बस्नेतले बताय ।
सोमबार राति सवा १० बजे कांग्रेस सभापति देउवाले महरलाई आधिकारिकता दिने निर्णय गरेको र आफ्ना निकटस्थ नेताहरुसँगको छलफलपछि देउवाले महरलाई जिताउन निर्देशन दिदैँ जीतजंगलाई अध्यक्षको दाबीबाट फिर्ता गराउन आफूले सम्झाउने बताएको भनेर हल्ला पिटीय पनि त्यो सरासर झुट भएको नेता बस्नेत  बताउछन् ।अहिले सम्म बस्नेतलाइ यो बिषयमा केहि पनि थाहा नभएकोले भ्रममा नपर्न सम्पूर्ण प्रतिनिधि साथीहरुलाई आग्रह गर्नु भयो ।
कांग्रेस नेता मीन विश्वकर्माले भ्रामक कुरा गर्दै भ्रम छर्ने काम गर्नु गलत भएको उँहाले बताउनुभयो । पार्टीले निर्णय गरेको कुरा भन्ने अधिकार बिद्यार्थी बिभाग प्रमुख प्रकाश शरण महतलाइ हुन्छ मिन विश्वकर्मालाइ होइन भन्दै आक्रोस ब्यक्त्त गरेका थिए ।
कांग्रेसको भातृ संगठन नेविसंघको अधिवेशन आइतबारदेखि राजधानीको भृकुटीमण्डपमा जारी छ ।
नेविसंघमा देउवा पक्षबाट महरसहित जीतजंग बस्नेत, शुभराम बस्नेत, रत्न कार्की र सरोज थापा लगायतले अध्यक्षमा दाबी गर्दै आएका छन् ।
त्यस्तै रामचन्द्र पौडेल पक्षबाट अध्यक्षमा मनोजमणि आचार्यको टुंगो लागेको छ । पौडेल पक्षबाट अध्यक्ष दाबी गरेका आनन्द त्रिपाठी र दीपक भट्टराईलाई महामन्त्रीमा मिलाउने तयारी छ । पौडेल पक्षबाट उर्मिला थपलिया पनि महामन्त्रीकी दाबेदार छिन् ।
त्यसैगरी कृष्ण सिटौला पक्षबाट अध्यक्षमा कुन्दन काफ्लेलाई अघि सारिएको छ । उनलाई नेविसंघका पूर्वनेताहरु गगन थापा र प्रदीप पौडेलले समर्थन गरेका छन् ।
प्रतिनिधि विवादले अझैं बन्दशत्र प्रभावित भएको छ । आज देखि बन्दसत्र सुरु हुने भनिए पनि उमेदवार विवादका कारण सुरु हुन सकेको छैन । नेविसंघमा प्रतिनिधि विवाद र उमेदवारका आकांक्षी धेरै भएपछि समस्या आएको हो ।

LIVE TV