२५ श्रावण २०७३, मंगलवार

लघु उद्यमीको व्यवसायलाई थप सशक्त बनाउने उद्देश्यले दुई स्थानमा साझा सुविधा केन्द्र निर्माण गरिएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रम ९मेड्पा०मार्फत देउमाई नगरपालिकाको मङ्गलबारेमा र महमाई गाविसमा केन्द्र निर्माण गरिएको हो ।

लघु उद्यमी उपभोक्ता समिति र मेड्पाको रु चार लाख २० हजार लागतमा सुविधा केन्द्र निर्माण गरिएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख नवराज राउतले जानकारी दिनुभयो । ती केन्द्रमा घरेलु सामानबाट आकर्षक अन्य सामग्री, उद्यमीलाई तालिम तथा छलफल गर्न सहज हुने बताइएको छ ।

लघु उद्यम विकास कार्यक्रमबाट सिलाइकटाइ, मैनबत्ती उत्पादन, ब्युटिपार्लर, ढाका बुनाइलगायत विभिन्न सीपआर्जन गरिसकेका ४५० उद्यमी तयार पारिएको कार्यालयले जनाएको छ । रासस

LIVE TV