२५ श्रावण २०७३, मंगलवार

चर्चिच फिल्म निर्देशक बि.एस थापाको निधन भएको छ । ९३ बर्षीया थापाको आज बिहान ७ बजे मुम्बइमा अबस्थीत आफ्नै निबासमा निधन भएको हो ।

mo3

उनि संगै फिल्म इन्डष्ट्रीमा सक्रीय हुदै आएका चलचित्र कर्मी एबं थापाका मित्र गेहेन्द्र धिमालले उनको मृत्युको जानकारी दीदै फिल्म इ्न्डष्ट्रीमा ठुलो क्षति पुगेको बताए ।गेहेन्द्रका अनुसार ३ छोरा र १ छोरी भएपनि निर्देशक थापा फ्ल्याटमा ए्क्लै बस्दै आएका थिए ।बलिउडको फिल्म इ्न्डष्ट्रीमा आफ्नो पहीचान बनाइसके पछि नेपाल फर्की निजि क्षेत्रबाट निर्माण भएको पहीलो फिल्म माइतिघर लाई उनले निर्देशन गरेका थिए ।

mo

थापा निर्देशीत माइतिघरमा अभिनय गर्न नेपाल आएकी त्यस बेलाकी चर्चित नायिका माला स्न्हिाले माइतिघरकै नायक सिपि लोहनी संग बिबाह पनि गरेकी थिइन ।निर्देशक थापाले त्यस पछि शिब श्रेष्ठ र शर्मीला मल्ललाई लियर कान्छी फिल्मको निर्माण गरे जुन फिल्म त्यस समयको सफल फिल्म थियो ।कृष्ण मल्ल,शर्मिला मल्ल र रबिन्द्र खड्काको मु््ख्य भुमीका रहेको फिल्म मायाप्रितिलाई पनि उनले निर्देशन गरे जुन फिल्मलाई पनि सफलफिल्मको रुपमा अहीले पनि लिइन्छ ।निर्देशक थापाले सफल फिल्म त दिएका थिए नै थुप्रै नब कलाकारलाई पनि फिल्म इन्डष्ट्रीमा प्रबेश गराएका थिए ।उनले माइतिघरमा मालासिन्हाको साथै बलिउडका सफल अभिनेता सुनिल दत्त लाई पनि अभिनय गराएका थिए ।

 

LIVE TV