
गैरआवासीय नेपाली संघ एनआरएनए जापान को प्रमुख आयोजनामा नेपाली राजदुताबास,नेपाल पर्यटन बोर्ड को सहयोग र सहकार्य साथै जापानमा क्रियासिल संघ संस्थाको सहकार्य बाट टोकियो योयोगी पार्कमा शनिवार र आईतवार आयाेजना गरिएकाे नवौ नेपाल फेष्टिवल भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
नेपाल र नेपालीको बिदेशी भूमिमा देखिएको यो एकताले साचिकै नेपाल राष्ट्रकै लागि एक राम्रै सन्देश दिएको छ ।
दुईलाख वढीले अवलोकन गरेकाे दावी गरिएकाे नवौ नेपाल फेष्टिवलमा जापानी नागरिकहरुको पनि उलेख्य उपस्थिति थियो । टोकियो योयोगी पार्कमा शनिवार र आईतवार आयाेजना गरिएकाे नवौ नेपाल फेष्टिवल अवधीभर रेष्टुरेन्ट तथा फुड वेभरेज स्टलमा पाँच करोड वढीको कारोवार भएको जनार्इएकाे छ ।
फोटो : दिनेश बस्नेत