२४ श्रावण २०७३, सोमबार

व्यवस्थापिका संसदको बैठक आज अपरान्ह बस्दै छ । प्रधानमन्त्री निर्वाचित गरेसँगै स्थगित संसदको बैठक आज अपरान्ह बस्न लागेको हो ।
सरकारले पूर्णता नपाएका कारण आजको बैठकका लागि कार्यसूची जुटाउनसमेत संसद सचिवालयलाई हम्मे परेको छ । सचिवालयले आजको संभावित कार्यसूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र र विशेष आर्थिक क्षेत्र सम्बन्धी विधेयकबारे सम्बन्धित समितिको प्रतिवेदन पेस गर्ने उल्लेख छ ।
संसदीय अभ्यासमा सदनलाई ‘बिजनेश’ दिने दायित्व सरकारको हो । पूर्ववर्ती सरकारका पालामा दर्ता भएका संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकहरु नयाँ सरकारले स्वामित्व लिने काम बाँकी रहेकाले तत्कालै सदनले ठूलो बिजनेश पाउने संभावना नरहेको सचिवालयले जनाएको छ ।
पछिल्लो समयमा संसदमा सुन्य समय र विशेष समय पनि प्रभावकारी देखिएका छैनन । ती समयमा उठेका विषयबारे जवाफदेही हुनुपर्ने अधिकांश मन्त्रालयको राजनीतिक नेतृत्व तय हुन बाँकी रहेका बेला ती समय अझ फिक्का हुन्छन् ।

LIVE TV