२३ श्रावण २०७३, आईतवार

रसुवाको धार्मिक एवम् पबित्र तिर्थस्थल गोसाईकुण्डमा मेला लाग्न केहि दिन बाँकी भएपनि मेला  भर्नका लागि भक्तजनहरु आउने क्रम सुरु भएको छ । जिल्लाको उच्च भागमा अवस्थित धार्मिक पौराणिक कुण्डमा नुहाई धार्मिक लाभ प्राप्त गर्न साउन शुक्ल एकादशीको दिनदेखि लाग्ने मेलामा  भक्तजनको ओहोरदोहोर सुरु भएको हो ।


भुकम्प अघिका वर्षहरुमा मेला लाग्नु भन्दा एक महिना अघिदेखि तीर्थयात्रीहरु आएता पनि यस बर्ष अलि ढिला आएको स्थानीयले बताएका छन् । भूकम्पले होटलहरु भत्किएकोले यस वर्ष पनि भक्तजनहरु नआउने होे कि भन्ने चिन्ता स्थानीय होटल व्यवसायीहरुमा छ । समुद्र सतहबाट ४ हजार ३ सय मिठरको उचाइमा रहेको गोसाइकुण्ड स्याप्रलु गाविस वडा नं ६ मा पर्दछ । पौराणिक कथन अनुसार परापुर्व कालमा देवता र दानवबीच लडांई हुंदा समुन्द« मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाईवावा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भितामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीनबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किमदन्ति रहेको पाईन्छ । कुण्डमा स्नान गरि गोसाईवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चित्ताएको सवै मनोकांक्षाहरु पुरा हुने जनविश्वास छ । आफ्नो मनोकांक्षा पूरा गराउने ध्येयका साथ वर्षेनी हजारौैं भक्तजनहरु कुण्डमा स्नान गर्न आंउने गर्दछन् ।

LIVE TV