२३ श्रावण २०७३, आईतवार

सडक दुर्घटना र जाम कम गर्न ट्राफिक प्रहरीले कुमारीपाटी क्षेत्रमा चारपाङ्ग्रे सवारीको पार्किङमा रोक लगाएको छ ।

लगनखेलबाट जावलाखेलसम्म एक हजार ३०० मिटर क्षेत्रमा महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले पार्किङ निषेध गरेको हो । यस क्षेत्रमा चारपाङ्ग्रे सवारीे पार्किङले गर्दा सडक अस्तव्यस्त हुने गरेको परिसरका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेँथुले बताउनुभयो ।

कुमारीपाटी क्षेत्रमा १६ वटा शैक्षिक संस्था रहेका छन् । विद्यार्थीलाई दैनिक ओहोरदोहोर गर्न समेत व्यस्त सडकका कारण कठिनाइ हुने गरेको छ । अस्पताल, पसललगायतले गर्दा पनि यस क्षेत्रमा भीड हुने गर्छ । कतिपय सवारीका धनीले बिहानदेखि साँझसम्म सवारी सडकमै राख्ने गरेको प्रहरी निरीक्षक हाछेतुले बताउनुभयो ।

लगनखेलमा पाटन अस्पतालदेखि महालक्ष्मी स्थानसम्म एक साइड र जावलाखेल चोकमा चार पाङ्ग्रे सवारी पार्किङको व्यवस्था मिलाइएको छ । सडक ऐन–२०४९ ले सवारी गुड्ने सडकमा पार्किङ गर्न नपाउने व्यवस्था छ । रासस

LIVE TV