२३ श्रावण २०७३, आईतवार

रामपुर (पाल्पा),  साउन । पाल्पामा नेपाली सेनाको चन्डी प्रसाद गणले सामाजिक एवम् धार्मिक काममा सक्रियता बढाउँदै आएको छ । जिल्लामा रहेका विभिन्न मठमन्दिरको रथयात्रा निकाल्ने क्रमसँगै नेपाली सेनाले मठमन्दिरको सरसफाइ अभियान चलाएको हो ।

मन्दिर व्यवस्थापनको आय स्रोत नभएका कारण कतिपय मन्दिर फोहर र जीर्ण बन्दै गएपछि सेनाको सहयोगले सरसफाइ र जीर्णाेद्धार गरिएको छ ।

NEPAL ARMY

यहाँ रहेका ऐतिहासिक मन्दिरहरू रण उजिरेश्वरी, भगवती, अमरनारायण, गणेशका साथै ऐतिहासिक पोखरीको समेत सेनाले सरसफाइ गरेको हो । दैनिक रूपमा नेपाली सेना र राष्ट्रिय सेवा दलका विद्यार्थी गरी करिब २०० जना यो अभियानमा लागिरहेका छन् ।

मन्दिरको आय स्रोत नहुनु र तानसेन नगरपालिका कार्यालयको जनशक्ति कम भएका कारण पनि पाल्पामा हुने सामाजिक कामका लागि नेपाली सेनाको प्रयोग हुँदै आएको छ । चन्डीप्रसाद गणका मेजर नैना बस्नेतले स्थानीयवासीको समन्वयमा गणले सामाजिक, धार्मिक र रचनात्मक कार्य गर्दै आएको बताउनुभयो ।

LIVE TV