२२ श्रावण २०७३, शनिबार

दक्षिण अफ्रिकाका सत्ताधारी दलले निर्वाचनमा शहरी क्षेत्रमा अनपेक्षित नतिजा हासिल गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अफ्रिकन नेसनस कँग्रेसले निर्वाचनमा राजधानी प्रेटोरियालगायतका नगर क्षेत्रमा अनपेक्षित नतिजा प्राप्त गरेको र ग्रामीण इलाकामा पनि निर्वाचन परिणाम यसअघिको तुलनामा व्यापक रुपमा परिवर्तनमा भएको बताइएको छ ।

दक्षिण अफ्रिकी डेमोक्रेटिक गठबन्धनले कँग्रेसलाई सवानेमा पूर्णतया बाहिर पर्ने गरी मतपरिणाम ल्याएको सञ्चारमाध्यममा जनाइएको छ ।

अफ्रिकी कँग्रेसलाई सन् १९९४ पछिका निर्वाचनमा बहुमतका साथ पहिलो स्थानमा पु¥याउँदै आएका अफ्रिकी जनताले कँग्रेस नेतृत्वको सरकारले देशमा व्याप्त भ्रष्टाचार र आर्थिक अनियमितताका कुरालाई नियन्त्रण गर्न नसक्दा देशको अर्थतन्त्रमा व्यापक असर परेको देखिएका बेला परिवर्तनको चाहना निर्वाचनद्वारा व्यक्त गरेका हुन् ।

सत्ताधारी दल कँग्रेसले काला जातिको बाहुल्यता रहेको नेल्सन मण्डेला बे नगरपालिकामा समेत पराजय बेहोरेको छ ।

यद्यपि विपक्षी डेमोक्रेटिक गठबन्धनले पनि सरकार गठनका लागि बहुमत प्राप्त गर्न नसकेकाले आगामी सरकार गठबन्धन सरकार बन्ने निश्चित प्रायः भएको छ । रासस÷एपी

LIVE TV