२२ श्रावण २०७३, शनिबार

दाङमा सञ्चालन भएको एक पानी उद्योगले महिलाहरुलाई मात्र श्रमिकको रुपमा राखेको छ । दाङको तुलसीपुर नगरपालिका १ राम्रीमा रहेको राप्ती ड्रिङकिङ वाटर उद्योगमा आबश्यक सबै जनशक्ति महिला मात्रै राखिएको हो ।


कुनै पनि केमिकल नमिसाइएको दावी गरिएको राप्ती ड्रिकिङमा पानी प्रशोधन देखि बोत्तल निमार्ण सम्म महिला कर्मचारीले नै गर्ने गरेका छन । उद्योग स्थापना देखि नै स्थानीय महिलाहरुलाई रोजगार प्रदान गर्ने उदेश्यले महिला जनशक्ति प्रयोग भएको उद्योगले जनाएको छ । दैनिक ५ सय कार्टुन पानी उत्पादन गर्ने उद्योगमा अहिले ७ जना महिला श्रमिकहरु रहेका छन । पानीको उत्पादन देखि व्यवस्थापन सम्म महिनाले नै गर्ने गरेका छन भने वजार सम्म प¥याउन एक पुरुष कर्मचारी खटाइएको छ । अन्य सबै कामको लागि महिला मात्रै कर्मचारी रहेको उद्योग सञ्चालक खेमराज ओलीले जानकारी दिनुभयो । उहाँले स्थानीय स्तरका महिलाहरुले पनि सिप सिकेको र त्यो सिपलाई उद्योगले प्रयोग गरेको वताउनुभयो ।
प्राकृतिक मुहानबाट उत्पादन भएको पानीलाई प्रशोधन गरि बजारमा पुु¥याएकोले अत्यधिक माग बढेको उद्योगले जनाएको छ । झण्डै ८० लाखको लागतमा स्थापना भएको पानी उद्योगको बजार राप्तीको दाङ, सल्यान, रुकुम, बाँके लगायत रहेका छन् ।

LIVE TV