२२ श्रावण २०७३, शनिबार

गत आर्थिक वर्ष २०७२÷७३ मा म्याग्दीबाट १९ करोड ३९ लाख बराबरको आलु निर्यात भएको छ । अनुकुल वातावरण, सहज बजार मुल्य, अनुदान, हित कोष सहितका कार्यक्रमबाट आर्कषित भएका किसानले अन्य बालीलाई समेत छोडेर आलु खेती तर्फ आर्कषित हुन थालेपछि एक वर्षको अवधिमा झण्डै ४५ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको हो ।


गतवर्ष उत्पादित आलुमध्ये म्याग्दी जिल्लामै २५ करोड ५१ लाख रुपैयाँको आलु खपत भएको छ भने जिल्लाभन्दा बाहिर १९ करोड ३९ लाख रुपैयाँको आलु निर्यात भएको थियो । यसबर्ष जिल्लामा आलु उत्पादन अझ बढ्ने अनुमान गरिएको छ । जिल्लाका विभिन्न स्थानमा कृषकहरुले लगाएको आलुको खरिद बिक्रीबाट कुल ४४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कृषि कार्यालयका योजना अधिकृत ज्योती क्षत्रीले बताउनुभयो ।
कृषि विकास कार्यालयका अनुसार कुल १ हजार ६१५ हेक्टर क्षेत्रफलको जमिनमा लगाइएको आलुबाट १८ हजार ७७६ मेट्रिक आलु उत्पादन थियो । जिल्लामा वर्षे याममा एकहजार २० र हिउँदमा ५९० हेक्टर क्षेत्रफलको जमिनमा आलु उत्पादन हुँदै आएको छ । हिमाली र माथिल्लो क्षेत्रमा लगाउने गरिएको बर्खे आलु पछिल्लो समय तल्लो क्षेत्रमा समेत लगाउन थालिएपछि वार्षिक सरदर उत्पादकत्व ११.६३ प्रतिशत रहेको छ । आलु निर्यातबाट एउटै गाउँमा तीन करोड रुपैयाँसम्म भित्रिएको छ । आलुबाट आर्थिक रुपमा बलियो भएका कृषकको संख्या हरेक बर्ष थपिदै जान थालेपछि लक्ष्य अनुसार उत्पादन सम्भव देखिएको छ । गत वर्ष जिल्ला भित्र करिव ७ हजार ७९० मेट्रिक टन आलु खपत हुने गरेको छ भने जिल्ला बाहिर ४ हजार ७१८ मेट्रिक टन आलु निर्यात भएको थियो । योसँगै म्याग्दीलाई आलुमा आत्मनिर्भर घोषणा गरिएको छ । जिल्लाको पाखापानी, घार, शिख, राम्चे, ताकम, मुना, मुदी, भकिम्ली लगायतका गाविसमा बढी आलु उत्पादन हुने गरेको छ ।
आलु उत्पादन गरेर बजारमा पु¥याउन ढुवानीमा खर्च हुने भएकाले हरेक समितिमा २ लाखसम्मको हित कोष समेत बनाइएको छ । कृषि विकास कार्यालयबाट उत्पादनलाई बृद्धि गर्न नियमित कार्यक्रम बाहेक समेत जिल्लास्तर, सेवा केन्द्रस्तरीय र घुम्ती शिविरमार्फत तालिम, अनुगमन समेत गर्दै आएको छ । त्यस्तै धेरै उत्पादन हुने क्षेत्रमा आलु भण्डारण निर्माण, ¥याक तथा बिउमल सहयोग, कृषि औजार उपलब्ध, अनुदान लगायतका स्थलगत सहयोग समेत गर्दै आएको छ । आलुका पकेट क्षेत्रमा ११ वटा आलु भण्डारण समेत निर्माण गरिएको छ । तर बजारमा अत्याधिक माग भएकाले आलुको भण्डारण गनुपर्ने समस्या नभएको राम्चे नागीका कृष्ण पुनले बताउनुभयो ।
यहाँ उत्पादित आलुको आकार ठुलो र स्वादिलो समेत भएकाले हरेकबर्ष ब्यापारीहरू गाउँमै आउने गरेका छन् । जिल्लामा स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ ।

LIVE TV