२२ श्रावण २०७३, शनिबार

नेपालको शैक्षिक गुणस्तर विगतका वर्षमा भन्दा खस्कँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले गरेको अध्ययन प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ ।

gorkha-school-650x372

परीक्षणका क्रममा कक्षा ३ मा चार वर्षअघि नेपालीको सिकाइ उपलब्धि औसत ६३ भएकामा गत वर्षको परीक्षणमा ५२ मा झरेको पाइएको केन्द्रले जनाएको हो । त्यसैगरी गणितमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकामा गत वर्ष ४५ मा झरेको छ भने कक्षा ५ को सिकाइ उपलब्धि पनि खस्किँदै गएको छ । केन्द्रका अनुसार कक्षा ५ को नेपालीमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकामा गत वर्ष ४६ मा झरेको छ । गणितमा ५३ बाट खस्किएर ४८ मा पुगेको छ भने अङ्ग्रेजीमा सिकाइ उपलब्धि ५४ भएकामा गत वर्षको अध्ययनमा ४७ मा झरेको प्रतिवेदनमा उल्लेख छ ।
केन्द्रले २३ जिल्लाका एक हजार ५४२ विद्यालयमा अध्ययनरत ३३ हजार ८६३ विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो । सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको सिकाइ उपलब्धि उच्च रहेको छ । कक्षा ३ को गणितमा औसतभन्दा कम ११ जिल्लाका विद्यार्थीले औसत अङ्क पनि ल्याउन नसकेको अध्ययनमा उल्लेख छ । ०००

LIVE TV