२२ श्रावण २०७३, शनिबार

२०७२ साल बैशाख १२ गतेको भुकम्पले भत्किएको यो घर !
बिनाशकारी भूकम्पमा परि त्यतिबेला घरहरु मात्र भत्किएनन्  मनहरु पनि त्यतिकै भत्किएका थिए । गोरखा  मसेलका रनेस रम्तेलको घर हो यो  । ६ बर्ष भारतको लामो बसाइ पछि दुख जिलो गरेर लेराएको  पैसाले नयाँ घरमा बस्ने सपना उनको पुरा हुँदै थियो । करिब आठ लाख जति खर्चेर उनले घर बनाए र छानो पनि जस्ताले टिलिक्क टल्काए ।३ / ४ महिनाको लामो पर्खाइ पछि उनको घर बैशाख ११ गते तयारि भइसकेको थियो ।  बैशाख १३ गते घर पैंचोको लागि उनले छिमेकीलाई निम्तो  पनि गरिसकेका थिए तर बैशाख १२ को भूकम्पले उनको सपना चक्नाचुर बनायो । एक रात पनि उनले त्यो घरमा मिठो सपना देख्न पाएनन  ।  बर्षौ दुख गरेर कमाएको सम्पत्ति सेकेन्ड भरमा माटोमा मिल्यो । रित्तो हात लिएर फेरी अर्को नयाँ घरको सपना देख्दै  उनि अहिले कामको सिलसिलामा खाडी हानिएका छन्  ।

adsa

LIVE TV